शनिबार, जेष्ठ १६,२०८३ 06:22:57
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:22:57
३० हजार मेगावाटको सरकारी लक्ष्यले ‘हाइड्रो सेयर’मा नयाँ आशा, ऊर्जा क्षेत्रमा ठूलो विस्तारको संकेत
PRIVATE SECTOR

३० हजार मेगावाटको सरकारी लक्ष्यले ‘हाइड्रो सेयर’मा नयाँ आशा, ऊर्जा क्षेत्रमा ठूलो विस्तारको संकेत

काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेसँगै ऊर्जा क्षेत्र र विशेषगरी सेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूका लागि नयाँ उत्साह पैदा हुने संकेत देखिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले ऊर्जा उत्पादन, लगानी, व्यापार र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राख्दै निजी...

सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने
NEWS

सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने

काठमाण्डौं । सरकारले सीमा सुरक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सीमा नाकामा अनुहार पहिचान (Face Recognition) प्रणाली लागू गर्ने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीमा व्यवस्थापनलाई आधुनिक र एकीकृत प्रणालीमा लैजाने योजना सार्वजनिक गरेका हुन् ।

कर्मचारी दलको सदस्य भए भविष्यमा समेत अयोग्य हुने गरी बर्खास्त हुने, निजामति प्रशासन सुधारमा सरकारको क्रान्तिकारी उद्घोष
NEWS

कर्मचारी दलको सदस्य भए भविष्यमा समेत अयोग्य हुने गरी बर्खास्त हुने, निजामति प्रशासन सुधारमा सरकारको क्रान्तिकारी उद्घोष

काठमाण्डौ । सरकारले निजामती प्रशासनलाई पूर्ण रूपमा ‘राजनीतिमुक्त’ बनाउने संकेत गर्दै राजनीतिक दलको सदस्यता लिने कर्मचारीमाथि कडा कारबाही गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले राजनीतिक दलसँग आबद्ध निजामती कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त गर्न सकिने व्यवस्था ल्याउने संकेत दिएको हो।

काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई सरकारले प्राथमिकता दिने
NEWS

काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई सरकारले प्राथमिकता दिने

काठमाण्डौं । सरकारले अन्तरदेशीय यातायात सञ्जाल विस्तार गर्ने लक्ष्यसहित काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी रणनीतिक रेलमार्ग परियोजनालाई अघि बढाइने बताएका हुन् । 

सवारी साधनमा विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरिने
NEWS

सवारी साधनमा विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरिने

काठमाण्डौं । सरकारले सार्वजनिक यातायात प्रणालीलाई आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यसहित विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्ने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था अघि सारिएको जानकारी दिएका हुन् ।

‘भिजिट नेपाल २०८५’ मनाउने सरकारको घोषणा, पर्यटक भिसा पूर्णरूपमा अनलाइन
TOURISM

‘भिजिट नेपाल २०८५’ मनाउने सरकारको घोषणा, पर्यटक भिसा पूर्णरूपमा अनलाइन

काठमाण्डौ । सरकारले  ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो बताएका हुन् ।

अब छात्रवृत्तिको रकम सिधै बैंक खातामा जम्मा गरिने
NEWS

अब छात्रवृत्तिको रकम सिधै बैंक खातामा जम्मा गरिने

काठमाण्डौ । सरकारले छात्रवृत्तिका लागि प्रदान गरिने रकम सिधै बैंक खातामा जम्मा गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो नीति अबलम्बन गरिने बताएका हुन् । 

नापी–मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सरकारी योजना
NEWS

नापी–मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सरकारी योजना

काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत नापी तथा मालपोत सेवालाई एकीकृत संरचनामा रूपान्तरण गर्दै क्रमशः स्थानीय तहबाटै सेवा उपलब्ध गराउने नीति अघि सारेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा भूमि प्रशासन प्रणालीलाई आधुनिक, सहज र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्य रहेको बताएका हुन् ।

‘विप्रेषण लगानी मिलान कोष’ स्थापना गर्ने सरकारको घोषणा
NEWS

‘विप्रेषण लगानी मिलान कोष’ स्थापना गर्ने सरकारको घोषणा

काठमाण्डौ । सरकारले रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि ‘विप्रेषण लगानी मिलान कोष’ स्थापना गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो बताएका हुन् ।रेमिट्यान्सबाट आउने पैसालाई उपभोगमुखीबाट उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि यस्तो नीति लिइने...

नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गरिने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गरिने
TOURISM

नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गरिने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गरिने

काठमाण्डौ । सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा नयाँ पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै राष्ट्रिय समुदायद्वारा संचालित होमस्टेहरुलाई प्रबर्द्धन गरिने बताएका हुन् । 

अब हिमालको पानी ‘ग्लोबल ब्रान्ड’ बनाउने सरकारको योजना, ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट विदेशमा बेचिने
PRE-BUDGET DISCUSSION

अब हिमालको पानी ‘ग्लोबल ब्रान्ड’ बनाउने सरकारको योजना, ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट विदेशमा बेचिने

काठमाण्डौ । सरकारले नेपालको हिमाली स्रोतबाट निस्किने शुद्ध पानीलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरेर निर्यात गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘हिमालयन ओरिजिनः सर्टिफाइड वाटर’ नामबाट नेपाली पानीलाई विश्व बजारमा स्थापित गर्ने घोषणा गरिएको हो।

नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न कानुनी व्यवस्था गरिने
NEWS

नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न कानुनी व्यवस्था गरिने

काठमाण्डौ । सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ सम्बन्धी कानुनी व्यवस्था गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रको...

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने
NEWS

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने

काठमाण्डौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय रणनीतिक उद्योगको मान्यता दिने नीति अघि सारेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्र विस्तारमा सरकार केन्द्रित हुने बताएका हुन् ।

‘रेमिट्यान्सबाट टेक्नोलोजीतर्फ’ : आईटीलाई रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई ‘टेक हब’ बनाउने सरकारी योजना
PRIVATE SECTOR

‘रेमिट्यान्सबाट टेक्नोलोजीतर्फ’ : आईटीलाई रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई ‘टेक हब’ बनाउने सरकारी योजना

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘टेक हब’ बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले पहिलोपटक डिजिटल अर्थतन्त्रलाई देशको दीर्घकालीन आर्थिक रूपान्तरणको केन्द्रमा राखेको संकेत दिएको हो।

सुशासन र राजनीतिक सहमतिलाई प्राथमिकतामा राख्ने सरकारको नीति
NEWS

सुशासन र राजनीतिक सहमतिलाई प्राथमिकतामा राख्ने सरकारको नीति

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासन, आर्थिक विकास र राजनीतिक स्थायित्वलाई मुख्य लक्ष्य बनाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले पारदर्शी शासन प्रणाली, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्राथमिक एजेन्डा...

अब आयोजना प्रमुखको सरुवा कहिल्यै पनि नहुने
NEWS

अब आयोजना प्रमुखको सरुवा कहिल्यै पनि नहुने

काठमाण्डौ । विकास निर्माणसम्बद्ध आयोजनाका प्रमुखको सरुवा नगरिने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो नीति अबलम्बन गरिने बताएका हुन् । 

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
NEWS

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाण्डौ । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् ।  सम्झौतामा योगदानमा आधारित भए/नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।...

सहकारी पीडितलाई राहत दिने सरकारी घोषणा, ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ मार्फत बचत फिर्ता गरिने
BUDGET

सहकारी पीडितलाई राहत दिने सरकारी घोषणा, ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ मार्फत बचत फिर्ता गरिने

काठमाण्डौ । वर्षौंदेखि समस्याग्रस्त सहकारीमा बचत फसेर पीडित बनेका हजारौं बचतकर्तालाई राहत दिने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ व्यवस्था अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता...

सार्वजनिक संस्थानको वर्गीकरण गरिने
NEWS

सार्वजनिक संस्थानको वर्गीकरण गरिने

काठमाण्डौ । सार्वजनिक संस्थानको वर्गीकरण गरिने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

भन्सारमा हुने न्यून विजकीकरण नियन्त्रण गरिने
PRE-BUDGET DISCUSSION

भन्सारमा हुने न्यून विजकीकरण नियन्त्रण गरिने

काठमाण्डौं । सरकारले नीति तथा कार्यक्रम मार्फत भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको  नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भन्सार तथा कर प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाइने बताएका हुन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.