Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:38:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने

Laxmi Sunrise Bank Limited
सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने
Shivam Cement

काठमाण्डौं । सरकारले सीमा सुरक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सीमा नाकामा अनुहार पहिचान (Face Recognition) प्रणाली लागू गर्ने घोषणा गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीमा व्यवस्थापनलाई आधुनिक र एकीकृत प्रणालीमा लैजाने योजना सार्वजनिक गरेका हुन् ।

Bizshala
New Office
CG Motors

सरकारका अनुसार सीमा नाकामा आवागमनलाई थप व्यवस्थित, सुरक्षित र निगरानीयोग्य बनाउन ‘एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली’ स्थापना गरिनेछ ।  

यस प्रणालीमार्फत यात्रु तथा सवारी साधनको डिजिटल विवरण संकलन, पहिचान र अनुगमन सहज हुने अपेक्षा गरिएको छ ।

नीति तथा कार्यक्रममा सीमा क्षेत्रमा स्वचालित निगरानी पूर्वाधार विस्तार गर्ने योजना पनि समावेश गरिएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala

यसअन्तर्गत संवेदनशील नाकाहरूमा ड्रोन प्रविधि, नाइट भिजन क्यामेरा तथा अन्य उन्नत निगरानी उपकरणको प्रयोग गरी अवैध आवागमन, तस्करी र अन्य गैरकानूनी गतिविधि नियन्त्रण गरिने सरकारको भनाइ छ ।

सरकारले यस प्रविधि प्रयोगबाट सीमा सुरक्षालाई मजबुत बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी गर्ने र आवागमन व्यवस्थापनलाई डिजिटल तथा पारदर्शी बनाउने लक्ष्य लिएको छ ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.