Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:27:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने

Laxmi Sunrise Bank Limited
आईटी क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउने
Shivam Cement

काठमाण्डौं । सरकारले सूचना प्रविधि क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय रणनीतिक उद्योगको मान्यता दिने नीति अघि सारेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्र विस्तारमा सरकार केन्द्रित हुने बताएका हुन् ।

Bizshala
New Office
CG Motors

सरकारले सफ्टवेयर विकास, डिजिटल सेवा, कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा आधारित निर्यात व्यवसायलाई प्राथमिकतामा राख्दै नेपाललाई प्रविधिमैत्री अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ ।  

साइबर सुरक्षा मजबुत बनाउने, हरित कम्प्युटिङ प्रवर्द्धन गर्ने तथा एआई कम्प्युटेसन निर्यातलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, डिजिटल पूर्वाधार विस्तारअन्तर्गत ‘डिजिटल पार्क’, अत्याधुनिक डेटा सेन्टर तथा सार्वजनिक डिजिटल प्रणाली निर्माणलाई तीव्रता दिइने भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

सरकारले नेपाललाई दक्षिण एशियाकै उदीयमान ‘टेक हब’का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको छ ।

सूचना प्रविधि उद्योगमा निजी क्षेत्रको आकर्षण बढाउन वित्तीय सहुलियत, लगानी प्रक्रिया सहजीकरण, सरकारी सहलगानी र नवप्रवर्तनमा कर छुटको व्यवस्था गरिने सरकारको योजना छ ।  

सरकारले यस कदमबाट रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र युवा जनशक्तिलाई देशमै अवसर उपलब्ध हुने अपेक्षा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.