कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।