गिरावटका साथ गर्यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्,‘आगामी कारोबारबाट सम्हालिन्छ बजार’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.१९ अंकले घटेर २ हजार ६१७.९५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले घटेर ४६९.८० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर ४...