२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १२ वटा समूहमा हरियाली छाएको छ भने एउटा समूह रातो रङले पोतिएको छ । बीमा समूहका...