नेप्सेमा ७७.४४ लाख कित्ता हकप्रद सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ७७ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।