महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा‘ ए’वर्गमा पर्न सफल
काठमाण्डौ । महा लक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ गते जाारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा‘ए’वर्गमा पर्न सफल भएको छ ।
TRENDING
काठमाण्डौ । महा लक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा फागुन ३ गते जाारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा‘ए’वर्गमा पर्न सफल भएको छ ।
काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(सेयर ब्रोकर न.३४) र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सेयर बजार सम्बन्धि साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लगभग आधी हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका छन् । नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । हालसम्म ८४ कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हिमालयन पावर पार्टनर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, भूगोल ईनर्जी, चिरख्वा हाइड्रो, डोल्टी पावर र...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ९६.३२ को विन्दु मा बन्द भएको बजार यो साता २ हजार ६२.०३ मा बन्द भयो । यस हिसावले यो साता दोस्रो बजारमा ३४.२९ अंकको गिरावट आयो । अघिल्लो साता भने बजार २९.३१ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा २०.४६ अर्बको कारोबार भयो । अघिल्लो साता दोस्रो बजारमा १४.३० अर्बकोे...
काठमाण्डौ ।युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७४.४१ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २७ गतेका लागि प्रथम साधारण सभा आह्वान गरेको हो ।
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो ।
काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । कुमारी बैंक र एनएमबी बैंकले साढे ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेका छन् । यी दुई बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेका हुन् । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । कुमारी बैंकले ३ लाख १४ हजार १४० कित्ता र ३९ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । इच्छुक...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा आगामी फागुन २७ गते आइतबारका दिनका लागि डाकेको हो। उक्त सभामा लाभांशको कुनै अजेन्डा पनि पेश गरिने छैन । सभामा अन्य ‘घ’ वर्गका लघुवित्तलाई गाभ्ने/गाभिने ,प्राप्ति वा खरिद गर्ने र सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि...
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ७ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ लाख ६६ हजार ५९३ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १ गते देखि निष्कासन गरेको ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गरेको हो ।
काठमाण्डौं । धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड बढी रुपैयाँ तीन बर्ष देखि फसेको छ । तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो । काठमाण्डौंको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदको लागि उक्त रकम दिइएको थियो । तर तीन बर्ष...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेले आर्थिक वर्ष २०८०/८१ पुस मसान्त सम्म अद्यावधिक विवरणअनुसार २७१ कम्पनीको वर्गीकरण सार्वजनिक गरेको हो । नेप्सेमा १२ जीवन बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनी गरी कुल २६ बीमा कम्पनी सूचीकृत छन् । नेप्सेले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था, लाभांश वितरण,...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गरेको छ।नेप्सेले सधतोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुको चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरुको वर्गीकरण गरेको हो। नेप्सेले २७१ सूचीकृत कम्पनीहरुलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.४६ अंक अर्थात ०.६९ प्रतिशतले घटेर २ हजार ६२.०३ बिन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले घटेर ३६८.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३...
काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुई हाईड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । सेबोनमा हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आवेदन दिएका हुन् । हिम रिभर पावरले माघ २८ गते र पियोर इनर्जीले माघ २९ गते आईपीओ निष्कासनको अनुमति माग आवेदन दिएका हुन् ।
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी घटाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा सेयरबजारमा लगानी घटेको हो । गत आर्थिक वर्षमा कम्पनीले २१ कम्पनीको सेयरमा कुल १८ करोड ३४ लाख ५३ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले कम हो । अघिल्लो आवमा...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आवका लागि लाभांश नदिने भएको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.