बिहीबार, असार १९,२०८२ 11:48:07
  • बिहीबार, असार १९,२०८२ 11:48:07
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको नाफामा ६५% को गिरावट, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
दोर्दी खोला जलविद्युतको नाफामा ६५% को गिरावट, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको नाफा ६५.१६ प्रतिशतले घटेको छ  । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ६९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

कम्पनीको प्रशासनिक खर्च १ करोड ३८ लाख रुपैयाँले ऋणात्मक, विद्युत उत्पादन खर्च २ करोड ३६ लाख  रुपैयाँले ऋणात्मक र वित्तीय लागत पनि १८ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा २७ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २१ करोड ४३ लाख र कुल चालु दायित्व ४५ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.६८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.२६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३११.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४३.१३ गुणा र तरलता अनुपात ०.४७ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.