बुधबार, असार १८,२०८२ 11:39:10
  • बुधबार, असार १८,२०८२ 11:39:10
Global IME Bank Limited

नेप्से परिसूचकमा झिनो सुधार,‘सरकारको उदासिनताका कारण बढ्न सकेन बजार’

Hyundai Nepal
नेप्से परिसूचकमा झिनो सुधार,‘सरकारको उदासिनताका कारण बढ्न सकेन बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.०६ अंकले बढेर १ हजार ९६०.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ३४९.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘सरकारले नीतिमा कडाई गर्दा बजार माथि उठ्न सकेन । ५० लाख माथिको सेयर  कर्जालाई अहिले पनि निरुत्साहित गरिएको छ । जसले गर्दा संस्थागत र ठूला लगानीकर्ता बजार छिर्ने बाटो बनेको छैन । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन पनि सकिरहेको छैन । यी र यस्तै कारणले बजारमा सुधार आउन सकेको छैन ।’

सरकारले नीतिगत सुधार गर्नुको विकल्प नरहेको लम्सालले बताए ।  

त्यस्तै अर्का बजार जानकार प्रकाश रजौरेले पनि अर्थमन्त्रीको आश्वासन र पूँजी बजारप्रति सरकारको उदासिनताका कारण बजार बढ्न नसकेको बताए । ‘यद्यपी यो साताभित्र अर्थ मन्त्रालयले लगानीकर्तालाई माग सम्बोधनका लागि वार्तामा बोलाउने अपेक्षा गरिएको छ ।’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह मात्रै बढे अन्य सबै समूहमा रातो पोतियो ।  

आज लघुवित्त समूह सर्वाधिक बढ्यो । यो समूह आज २.४३ प्रतिशतले बढ्यो । आज विकास बैंक समूह ०.३१,म्युचुअल फण्ड ०.३० र अन्य समूह ०.७० प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो दिन व्यापार समूह १.०९ प्रतिशतले घट्यो ।  

त्यस्तै बैंकिङ समूह ०.०८, वित्त १.०२,होटल ०.०४,हाईड्रो ०.४४,लगानी ०.४९,जीवन बीमा ०.३० प्रतिशत उत्पादन तथा प्रशोधन ०.५५ र निर्जीवन बीमा ०.३० अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सर्वाधिक अर्थात ८ करोड ३२ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख,हिमालयन लघुवित्त ५ करोड १७ लाख,हिमालयन रिको ४ करोड ३० लाख र नेपाल फाइनान्सको ४ करोड २७ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्था ९.९९ प्रतिशतले बढ्यो । आज इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशत,समता घरेलु लघुवित्तको ७.४६ र सबैको लघुवित्तको सेयरमूल्य ७.०४ प्रतिशतले बढ्यो ।  

यो दिन बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ६.२३ प्रतिशतले घट्यो ।  

यसैगरी आज सिवाईसी लघुवित्तको सेयरमूल्य ५.९४,माउन्टेन हाईड्रोको ५.८४ र दोल्ती पावरको सेयरमूल्य ५.१२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.