वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड
काठमाण्डौ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ आज बिहान ९ बजे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड भएको हो ।