सामुदायिक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणमा परिणत
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । संस्थाको १ लाख ४५ हजार ९३५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।
TRENDING
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहतर्फको सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ । संस्थाको १ लाख ४५ हजार ९३५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । १० प्रतिशत दरको कुल २६ लाख ८१ हजार ५१८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोपश्चात् कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ९२ लाख ३० हजरा ९९० पुगेको छ ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.६० अंकले बढेर २६९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९...
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक श्रेष्ठ नियुक्त भएका छन् ।
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रजेश बिक्रम थापा नियुक्त भएका छन् । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो । यो सेयर खरिदका...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ । यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।...
काठमाण्डौ । म्युचुअल फण्डहरुले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले चालु आवको १० महिनासम्म ३ अर्ब २९ करोड २० लाख रुपैयाँ मुनाफा कमाएका छन् । यो नाफा अघिल्लो महिनाको तुलनामा २.१० प्रतिशत कम हो । चैत मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ३६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा ३७ म्युचुअल फण्ड नाफामा देखिएका छन्...
काठमाण्डौ । लगानीकर्ताहरुले चाहेको बेला तुरुन्तै बेच्न सक्ने कम्पनीलाई ‘ब्लु चिप कम्पनी’ भनिन्छ । यस्ता कम्पनी स्थापना काल देखिनै लगातार नाफामा गएका हुन्छन् भने सेयरधनीहरुलाई उच्च लाभांश प्रदान गरेका हुन्छन् । यस्ता कम्पनीहरुको ग्रोथ र लाभांशदर लामो समयसम्म एकनास हुने गर्छ । कुनै एक दुई वर्ष मात्रै लाभांश र ग्रोथमा उच्च वृद्धि भएका कम्पनीहरु ब्लु चिप कम्पनीको...
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठक आव २०८०/८१ को वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी असार ८ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालकहरुको नियुक्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेठ १६ गते आयोजित कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।कार्यक्रमको उद्घाटन...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले आजदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको हो । । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३...
काठमाण्डौ । यो साता सेयर बजार ४.५१ प्रतिशतले बढ्यो । यो साता केही कम्पनीका लगानीकर्ताले आकर्षक आम्दानी गरे । एक साताको अवधिमा लगानीकर्ताहरुले ४६ प्रतिशतसम्म आम्दानी गरे । ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरुले यो साता ४६.३९ प्रतिशतले आम्दानी गरेका छन् ।
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार २ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६९३.०६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ४.५१ अंकले मात्रै बढ्यो । अघिल्लो साता भने बजार ७६.७ अंकले थियो । यो साता दोस्रो बजारमा ४ दिन...
काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।२०८१/८२ सम्म खाता खोलेका सम्पूर्ण...
काठमाण्डौ । सरकारले पूँजीगत लाभकर यथावत राख्ने निर्णय गरेको छ । आज संघिय संसदमा बजेट पेस गरेका अर्थमन्त्रीले पूँजीगत लाभकरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेका हुन् । यससँगै सेयर लगानीकर्ताहरु हर्षित भएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले अन्तिम कर घोषणा गरेर लाभ कर घटाउने माग गरेका थिए । तर आज आएको बजेटमा पूँजीजबार सम्बन्धी लाभकरको विषयमा केही पनि उल्लेख गरिएको छैन...
काठमाण्डौ । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट पेस गर्दै टेलिकमको ३० प्रतिशत स्वामित्व सर्वसाधारण्मा विनिवेस गरिने बताए ।
काठमाण्डौ । सरकारले यसपटक पनि बिगतका वर्षजस्तै बजेटमा पूँजीबजारको बिषयलाई समेटको छ । बजेटमा पूँजी बजारको संस्थागत संरचना गरिने तथा नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने विषय समेटिएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.