उत्पादन सुरु गरेका हाइड्रोले मात्र आईपीओ जारी गर्न पाउने, समयसीमा २ वर्ष
कामाण्डौ । अन्ततः सरकारले व्यवसायिक उत्पादन सुरु गरेका जलविद्युत आयोजनालाई मात्र प्राथमिक सेयर निश्कासन गर्न दिने भएको छ । यो व्यवस्था २ वर्षभित्र लागू गर्ने गरी सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले लागू गरेको हो ।