बुधबार, असार १८,२०८२ 11:27:40
  • बुधबार, असार १८,२०८२ 11:27:40
Global IME Bank Limited

नेप्सेमा झिनो वृद्धि, कारोबार समेत बढ्यो

Hyundai Nepal
नेप्सेमा झिनो वृद्धि, कारोबार समेत बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

गत बुधबार भने बजारमा ८ अर्ब ५८ करोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘अन्य दिनजस्तै आजको बजारले पनि खासै गति लिन सकेन । कम्पनीहरुको लाभांश क्षमता र व्यापार नबढ्नु तथा निराशाजनकपूर्ण बजेट आएका कारण लगानीकर्तामा बजारप्रति विश्वास देखिदैछ । बजेटमा केही विशेष नयाँ योजना छैन र चालु खर्च समेत धान्न मुश्किल देखिन्छ ।’

थापाले अहिले अन्य व्यवसाय समेत नचलेका कारण सेयर बजार समेत चल्न नसकेको बताए । यद्यपी बजारमा एउटा स्विङको सम्भावना भने रहेको उनले दाबी गरे ।  

प्राविधिक रुपमा बजारले २७४५ विन्दुमाथि जान नसकेका कारण अल्पकालिन लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले गभर्नरको मुद्दा अदालतमा रहेका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘केही टाठाबाठा लगानीकर्ता बजार घटाएर सस्तोमा सेयर उठाउन लागिपरेका छन् । जसका कारण बजारमा दबाब परेको छ,’ उनले भने ।

एकदुई दिनमा भने बजारले गति लिनेमा विष्ट ढुक्क देखिए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो । लगानी समूह आज सर्वाधिक बढ्यो । यो समूह आज २.३७ प्रतिशतले बढ्यो । फाइनान्स समूह पनि आज ०.१७ प्रतिशत, होटल २.१५,जीवन बीमा ०.२५,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.०८,अन्य ०.३१ र व्यापार समूह ०.०१ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.५१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि यो दिन ०.४५ प्रतिशत, विकास बैंक ०.२२,हाईड्रो ०.२८ र लघुवित्त समूह ०.१४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८७ करोड ४७ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युतको पनि आज ६५ करोड २ लाख, युनिभर्सल पावरको ५४ करोड १९ लाख,एचआईडीसीएलको ३७ करोड २९ लाख र बुटवल पावरको ३४ करोड ९८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यसबाहेक आज न्यादी हाईड्रोको. सेयरमूल्य ८.७२ प्रतिशत,एचआईडीसीएलको ६.५९ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.६७ प्रतिशतले बढ्यो ।  

भूगोल इनर्जी आज सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ६.२४ प्रतिशतले ओरालो लाग्यो । पिपुल्स पावरको सेयरमूल्य पनि आज ३.३५ प्रतिशत, उपकार लघुवित्तको ३.२२ र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.२० प्रतिशतले घट्यो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.