कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले एक सूचना जारी गर्दै गत असोज ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट पारित ७ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।