५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज बजार २१ अंकले घटेर बन्द भयो । दिनभर उतारचढाव रहेको आजको बजार अन्तिम समयमा भने केही सम्हालिएको थियो । तर कारोबारमा भने पछिल्लो समय दैनिक गिरावट आईरहेको छ । आजको बजारलाई मुभिङ एभरेजबाट नियाल्दा ५० दिने मुभिङ एभरेजमा सपोर्ट लिएर फर्किएको देखिन्छ । मूभिङ एभरेजले घट्दो बजारमा सपोर्ट लिएको हुन्छ भने बढ्दो बजारमा प्रतिरोध सामना गर्ने गर्छ ।