झिनो अंकले घट्यो नेप्से, दुई पुनर्बीमाको कारोबार अर्बमाथि
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.७० अंकले घटेर २ हजार ८१८.४३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२२ प्रतिशतले बढेर ४७०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता...