लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ४५९.८८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १०...