कच्चा तेलको मूल्य एक महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामै न्यून कायम भएको छ । पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.९ प्रतिशत अर्थात प्रतिब्यारेल २.४८ डलरले घटेको छ । यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.६३ डलरमा झरेको छ ।