इजरायलका रक्षामन्त्रीले दिए इरानलाई चेतावनी
काठमाण्डौ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानलाई चेतावनी दिएका छन् । उनले इरानको आक्रमणमा मारिएका इजरायली नागरिकको ज्यानको मूल्य तेहरानका नागरिकले चुकाउनु पर्ने बताएका छन् । इजरायलमा राति भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।