बेष्ट फाइनान्सको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।कम्पनीको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि प्रस्ताव पेश हुनेछैन ।