काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २९ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस ३० गते काठमाण्डौको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा बिहान ११ बजेदेखि सभा आायेजना गर्ने निर्णय गरेको छ । सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुका लागि कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनैपनि प्रस्ताव पेश हुनेछैन ।
उक्त सभामा अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा वा प्राीपत सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।
यसैगरी आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

