Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:08:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुले संकलन गरे पौने ६६ अर्ब रुपैयाँ प्रिमियम, नेपाल लाइफले मात्रै २८.५४%

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुले संकलन गरे पौने ६६ अर्ब रुपैयाँ प्रिमियम, नेपाल लाइफले मात्रै २८.५४%
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले पौने ६६ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिनासम्ममा ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  

जीवन बीमकहरुले आर्जन गरेको यो बीमाशुल्क रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६.४७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म १४ जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

हिमालयन लाइफ र सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले गत आवको तुलनामा व्यवसाय बढाएका छन् । देशको अर्थतन्त्रमा सुधार देखिन थालेपनि जीवन बीमकहरुले व्यवसायमा ग्रोथ देखिएको हो ।  

Bizshala
New Office
CG Motors

मंसिर महिनासम्ममा सर्वाधिक नेपाल लाइफले १८ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनी एक्लैले कुल व्यवसायको २८.५४ प्रतिशत बीमाशुल्क संकलन गरेको हो ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले ७ अर्ब ९८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब ६६ करोड रुपैयाँ, हिमालय लाइफले ६ अर्ब ७९ करोड, सुर्यज्योति लाइफले ३ अर्ब ९९ करोड, एशियन लाइफले ३ अर्ब ३६ करोड, सिटिजन लाइफले २ अर्ब ६५ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड, मेट लाइफले २ अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ९२ करोड, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा भने रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले २५.४४ प्रतिशत व्यवसाय ग्रोथ गर्न सफल भएको छ । १० बीमा कम्पनीको व्यवसाय गत आवको तुलनामा बढेको छ भने दुई कम्पनीको घटेको छ । हिमालयन लाइफको ०.११ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ५०.११ प्रतिशतले व्यवसाय घटेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.