बुधबार, असार १८,२०८२ 11:48:12
  • बुधबार, असार १८,२०८२ 11:48:12
Global IME Bank Limited

नयाँ एआई फिचर्सका बाबजुत आईफोनको बिक्री घट्यो

Hyundai Nepal
नयाँ एआई फिचर्सका बाबजुत आईफोनको बिक्री घट्यो
Nabil Bank Limited

काठमाण्डौ । एप्पलले आफ्ना स्मार्टफोनहरुमा नयाँ एआई फिचर्सहरु उपलब्ध गराएता पनि आईफोनको बिक्रीमा कमी आएको छ । सन् २०२४ मा आईफोनको बिक्री गत अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले घटेको छ ।  

गत वर्ष कम्पनीले ६९.१ बिलियन डलरबराबरको आईफोन बिक्री गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले नयाँ एआई फिचर्स जारी भएसँगै उपलब्ध देशहरुमा भने आईफोनको बिक्रीमा बढोत्तरी आएको बताएका छन् । आईफोनको एआई फिचर्स अमेरिका लगायतका देशहरुमा उपलब्ध छ ।  

एप्पलले यतिबेला बिक्रीमा कमीका साथै अन्य विभिन्न चुनौतिहरुको समेत सामना गरिरहेको छ । चीनमा कम्पनीको बिक्री घटिरहेको छ । यस्तै डोनाल्ड ट्रम्पले दिएको भन्सार शुल्क वृद्धिको धम्किले अमेरिकामा कम्पनीको बिक्रीमा समेत प्रभाव पर्ने देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले चीनमा निर्मित वस्तुहरुमा ६० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने बताउँदै आएका छन् । एप्पलले आफ्नो अधिकांश उत्पादन चीनमा गर्ने गर्छ ।  

तर अमेरिका भित्रिने आयातमा लगाइने नयाँ कर र समयका बारेमा भने अझै अनिश्चतता रहेको छ । टिम कुकले लगानीकर्तालाई यस विषयलाई कम्पनीले नजिकबाट नियालिरहेको बताएका छन् ।  

एप्पलले गत वर्षदेखि विस्तारै आफ्नो प्रडक्टहरुमा एआई फिचरलाई समावेश गर्दै आईरहेको छ । यसले कम्पनीको बिक्रीमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरुको विश्वास रहेको छ ।  

कुकले आगामी अप्रिलमा एआई फिचरलाई अन्य भाषाहरुमा समेत उपलब्ध गराइने बताएका छन् । यद्यपी एआई फिचर्स विवादरहित भने रहेको छैन । यसमा विभिन्न समस्या र गलत सूचना दिइएको जस्ता विषयहरु बाहिर आईरहेका छन् । अमेरिकामा भएको आगलागीका विषयमा एआईको विश्वसनियतामाथि प्रश्न उठेको थियो । चर्को आलोचनापछि कम्पनीले एक साताको लागि यो फिचर बन्द गरेको थियो ।  

यद्यपी कुकले पहिलेदेखि नै आईफोन चलाईरहेका व्यक्तिहरुबाट रेकर्डतोड मात्रामा आईफोन खरिद भईरहेको बताएका छन् ।  

एप्पलले कम्पनीको समग्र बिक्री भने ४ प्रतिशतले बढ्दै १२४.३ बिलियन डलर पुगेको जनाएको छ । कम्प्युटर बिक्री र सर्भिस बिजनेशमा आएको वृद्धिका कारण कम्पनीको समग्र बिक्रीमा वृद्धि आएको हो ।  

यस्तै कम्पनीको नाफा ७ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ३६.३ बिलियन डलर नाफा आर्जन गरेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.