एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने भएको छ । अमोरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे जानकारी दिएका हुन् । यससँगै एप्पलको घरेलु लगानी ६ सय बिलियन डलर पुगेको छ । कम्पनीले यो लगानी आगमी ४ वर्षभित्र गरिसक्ने योजना बनाएको छ ।