बुधबार, असार १८,२०८२ 04:28:02
  • बुधबार, असार १८,२०८२ 04:28:02
Global IME Bank Limited

सर्वसाधारणको आईपीओ मोह: सवोत्तम सिमेन्टमा दोस्रो दिनसम्म ८ गुणा बढी आवेदन

Hyundai Nepal
सर्वसाधारणको आईपीओ मोह: सवोत्तम सिमेन्टमा दोस्रो दिनसम्म ८ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौं । पछिल्लो समय आईपीओमा आम सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्पनीले निष्कासन गर्ने आईपीओमा मागभन्दा धेरै गुणा आवेदन पर्न थालेका छन् । कम्पनीहरुले निष्कासन गर्ने प्रिमियम मूल्य होस् वा बुक बिल्डीङ विधिबाटै निष्कासन गर्ने महंगो मूल्यमा नै किन नहोस,लगानीकर्ताले आईपीओमा लगानी गर्न आकर्षणमा कमी आएको छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तैमा सर्वोत्तम सिमेन्टको आईपीओमा निष्कासन भएको दुई दिनमै मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । फागुन १३ गतेदेखि निष्कासन भएको कम्पनीको आईपीओमा आजसम्म ४ लाख ७ हजार ७ सय ११ आवेदकबाट २ करोड २२ लाख  ६४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । प्रतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले न्यूनतम ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्ने जनाएको थियो ।

 तर लगानीकर्ताले ५० कित्ताभन्दा बढी सेयरका लागि समेत आवेदन दिएको पाइएको छ । ४ लाख ७ हजार ७ सय ११ आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिँदा २ करोड ३ लाख कित्ता माग हुन आउँछ । तर आज दोस्रो दिनसम्म उललेखित आवेदकबाट २ करोड २२ लाख  ६४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । जसको अर्थ केहि आवेदकले न्यूनतम कित्ता ५० भन्दा बढी सेयरका लागि खरिद माग गरेका छन् ।  

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ । यो आईपीओमा लगानीकर्ताले फागुन १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.