काठमाण्डौ । सरकारले नेप्सेको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को बजेट भाषण गर्दै पूँजीबजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने बताएका हुन् ।
साथै नेप्सेको पुनर्संरचना गर्दै इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्ने उनले बताए ।
सेयर कर्नरिङ, इन्साइडर टे«डिङ पूँजीबजारमा हुने अवाञ्छित गतिविधि विरुद्ध शुन्य शहनशिलताको नीति लिइने समेत अर्थमन्त्री वाग्लेले बताए ।
धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पुरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुनेगरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने सक्ने व्यवस्था मिलाउने भएको छ ।

