मंगलवार, असार १७,२०८२ 10:37:51
  • मंगलवार, असार १७,२०८२ 10:37:51
Global IME Bank Limited

एन्ड्रोइड मोबाइलमा अब ८ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट गर्न सकिने

Hyundai Nepal
एन्ड्रोइड मोबाइलमा अब ८ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । गूगलले मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै क्वालकमसँग साझेदारी गरेको छ । यस साझेदारीले एन्ड्रोइड मोबाइल प्रयोगकर्तालाई ८ वर्षसम्मका लागि ओएस(अपरेटिङ सिस्टम’ अपडेट दिनेछ । यो साझेदारी आम प्रयोगकर्ताका लागि ठूलो कदम साबित हुने जनाइएको छ ।  

हाल भने अधिकांश कम्पनीहरुले केवल ३ वर्षसम्म अपरेटिङ सिस्टम दिईरहेका छन् । कम्पनीहरुले त्यसपछि एन्ड्रोइड ओएस अपडेट बन्द गर्ने गर्छन् । एकपटक ओएस अपडेट बन्द भयो भने मोबाइलमा नयाँ फिचर्स प्राप्त गर्न बन्द हुने गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सन् २०२३ बाट मोबाइल उद्योगमा केही परिवर्तन देखिएको छ । जसमा सामसुङ तथा गूगलले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि ७ वर्षसम्म अपेडेट दिने प्रतिवद्धता जनाएका थिए ।  

क्वाल्कमले यो साता एउटा प्रोग्रामको घोषणा गरेको थियो । जसमा एन्ड्रोइड अपडेटका लागि सपोर्टलाई लम्बाइदै छ । जुन अहिले स्न्यापड्रायगन ८ इलाइट प्रोसेसरसँग आउनेछ ।  

यसको अर्थ जुन मोबाइलमा स्न्यापड्रागन ८ इलाइट चिपसेट हुन्छ, त्यो ८ वर्षसम्म ओएस अपडेटका लागि योग्य हुनेछ । तथापी यसको अन्तिम निर्णय भने मोबाइल उत्पादक कम्पनीले लिनुपर्ने हुन्छ ।    

स्न्यापड्रागन ८ इलाइटको प्रयोग फ्ल्यागसिशप ह्याण्डसेटमा गर्ने गरिन्छ र यसको मूल्य पनि बढी हुने गर्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.