बुधबार, असार १८,२०८२ 12:52:33
  • बुधबार, असार १८,२०८२ 12:52:33
Global IME Bank Limited

ट्रम्पसँगको निकटता मस्कका लागि अभिशाप बन्दै, टेस्लाको सेयरमूल्य लागातार ७ साता घट्यो

Hyundai Nepal
ट्रम्पसँगको निकटता मस्कका लागि अभिशाप बन्दै, टेस्लाको सेयरमूल्य लागातार ७ साता घट्यो
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको सेयरमूल्य यतिबेला निरन्तर खस्किरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग जोडिन मस्क वासिङ्टनस्थित राष्ट्रपति कार्यालय गएसँगै टेस्लाको सेयरमूल्य लगातार ७ साता घटेको छ ।  

पछिल्लो कारोबारमा टेस्लाको सेयरमूल्य प्रतिकित्ता २७०.४८ डलरमा बन्द भएको छ । पब्लिक कम्पनीको रुपमा १५ वर्षे यात्रामा कम्पनीको सेयरमूल्यमा देखिएको ७ साताको गिरावट हालसम्मकै लामो अवधिको गिरावट हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत साता कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको थियो । जुन नोभेम्बर ५ पछिकै उच्च हो । अमेरिकी राष्ट्रपति निर्वाचनका बखत टेस्लाको सेयरमूल्य प्रतिकित्ता २५१.४४ डलर कायम थियो ।  

त्यसपछि कम्पनीको सेयरमूल्य गत डिसेम्बर १७ मा प्रतिकित्ता ४८० डलरसम्म पुगेको थियो । त्यसयता भने कम्पनीको सेयरमूल्य निरन्तर घटिरहेको छ । यो गिरावटका कारण कम्पनीको बजार पूँजीकरण ८०० बिलियन डलरले घटेको छ । बैंक अफ अमेरिका, बायर्ड र गोल्डम्यान स्याक्स जस्ता धेरैजसो वालस्ट्रिट कम्पनीहरुले टेस्लामाथिको ‘प्राइस टार्गेट’मा कटौती गरेका छन् ।  

ट्रम्प प्रशासनमा मस्कको संलग्नताले अनिश्चितता बढाएका कारण टेस्लाको सेयरमूल्य निरन्तर घटिरहेको विश्लेषकले बताएका छन् ।  मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकारको रूपमा रहनुका साथै ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’को शीर्ष नेतृत्वमा छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.