बुधबार, असार १८,२०८२ 12:15:03
  • बुधबार, असार १८,२०८२ 12:15:03
Global IME Bank Limited

अमेरिकी ट्यारिफका कारण आईफोनको मूल्य तीन गूणासम्म बढ्न सक्ने !

Hyundai Nepal
अमेरिकी ट्यारिफका कारण आईफोनको मूल्य तीन गूणासम्म बढ्न सक्ने !
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफ कार्यान्वयनमा आएसँगै अमेरिकी उपभोक्ताहरुले लत्ता कपडादेखि विद्युतीय सामग्रीहरुको मूल्यवृद्धिको सामना गर्नुपर्ने भएको छ । यसैबीच एकजना दिग्गज टेक विश्लेषकले अमेरिकामा निर्मित आईफोनको मूल्य तेब्बरसम्मले वृद्धि हुनसक्ने दाबी गरेका छन् ।

वेडबस सेक्युरिटिमा टेक्नोलोजि ग्लोबल हेडको रुपमा कार्यरत ड्यान इभ्सले ट्याफिका कारण अमेरिकामा निर्मित आईफोनको मूल्य ३ हजार ५ सय डलरसम्म पुग्न सक्ने बताएका छन् ।

अहिले भने आईफोनको मूल्य करिब १ हजार डलर रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उनका आर्थिक अधिकारीहरुले ट्यारिफका कारण धेरै अमेरिकीहरुले रोजगार पाउने बताउदै आएका छन् । तर इभ्सले भने यो केवल दन्त्यकथा मात्रै बन्ने बताएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै उनले अमेरिकामा १० प्रतिशत आपूर्ति पुर्याउन एप्पल कम्पनीलाई ३० अर्ब डलर आवश्यक पर्ने दाबी समेत गरेका छन् । अमेरिकी कम्पनीहरु धैरै नाफा दिने सफ्टवेयर विकास तथा प्रडक्ट डिजाइनमा लागेसँगै स्मार्टफोनको उत्पादन र एसेम्बिलङ एक दशकअघि एशियामा सिफ्ट भएको थियो । यो कदमले एप्पललाई विश्वकै मूल्यवान कम्पनी बन्न र विश्व स्मार्टफोन बजारमा आफ्नो दबदबा कायम गर्न सहयोग पुर्याएको छ ।  

ट्रम्पले कार्यभार सम्हालेदेखि एप्पलको सेयरमूल्यमा २५ प्रतिशतको गिरावट आईसकेको छ । ट्रम्पको ट्यारिफका कारण कम्पनीको आपूर्ति श्रृखला प्रभावित हुने चिन्ता प्रकट भएको छ । एप्पल आपूर्ति श्रृखलाका लागि मुख्यतःचीन र ताइवानमा निर्भर रहदै आएको छ । यी दुई देशमाथि ट्रम्पले भारी ट्यारिफको घोषणा गरेका छन् ।  

गत फेब्रुअरीमा एप्पलले ट्यारिफबाट बच्न आगामी चार वर्षसम्म अमेरिकामा ५०० बिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.