बुधबार, असार १८,२०८२ 11:07:22
  • बुधबार, असार १८,२०८२ 11:07:22
Global IME Bank Limited

हुलदङ्गाको कारणले भएको क्षतिबाट साढे ४ करोडको दाबी, ७.२७% मात्रै भुक्तानी

Hyundai Nepal
हुलदङ्गाको कारणले भएको क्षतिबाट साढे ४ करोडको दाबी, ७.२७% मात्रै भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा भएको हुलदङ्गाको कारणले भएको क्षतिबाट बीमा कम्पनीहरुमा साढे ४ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार वैशाख ३ गतेसम्ममा १२ बीमा कम्पनीमा ४ करोड ५९ लाख ६२ हजार रुपैयाँको बीमा दाबी परेको हो ।  

गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीको आन्दोलनले सम्पत्ति, मोटर र विविधि क्षति पुगेको थियो । हुलदङ्गाको कारण वैशाख ३ गतेसम्ममा ५० वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार २१ वटा सम्पत्ति बीमा, २२ वटा मोटर बीमा (निजी), ३ वटा इन्जिनियरिङ्ख तथा ठेकेदार जोखिम बीमा, २ वटा मोटर बीमा (सार्वजनिक) र २ वटा विविध गरी कुल ५० वटा बीमाको दाबी परेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

हालसम्म निर्जीवन बीमा कम्पनीहरुले १३ वटा बीमाको दाबी भुक्तानी दिएका छन् । बीमकहरुले ३३ लाख ३५ हजार ८५३ रुपैयाँ बराबरको दाबी भुक्तानी दिएका हुन् । यो कुल दाबी रकमको ७.२७ मात्रै रकम हो ।  

प्राधिकरणका अनुसार हालसम्म चारवटा बीमा कम्पनीले मात्रै दाबीको भुक्तानी दिएका छन् । भुक्तानी दिने कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५ वटा दाबीको २६ लाख ७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले २ वटा दाबीको २ लाख २ हजार रुपैयाा, आइजीआई प्रुडेन्सियलले एउटा दाबीको २८ हजार ३०० रुपैयाँ र शिखर इन्स्योरेन्सले ५ वटा दाबीको ४ लाख ९८ हजार रुपैयाँ भुक्तानी दिएका छन् ।  

हुलदङ्गाको कारणले भएको क्षतिबाट सबैभन्दा बढी सम्पत्ति बीमाको दाबी परेको छ । सो अवधिसम्म २१ वटा सम्पत्ति बीमालेखको २ करोड ७८ लाख ८७ हजार रुपैयाँ बराबरको दाबी परेको छ । जसमा बीमकहरुले ३२ लाख ४२ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी दिएका छन् ।  

त्यस्तै, निजीतर्फको सम्पत्ति बीमामा २२ वटा दाबी परेकोमा बीमकहरुले ४ वटा दाबीको ९२ हजार ३८२ रुपैयाँ बराबरको भुक्तानी दिएको छ । वैशाख ३ सम्म कुल १ करोड ६ लाख २३ हजार रुपैयाँ बराबरको दाबी परेको छ । जसमा बीमकहरुले जम्मा ०.८६ प्रतिशत मात्रै दाबी भुक्तानी दिएका छन् ।  

यसका साथै इन्जिनियरिङ्ख तथा ठेकेदार जोखिम अन्तर्गत ३ वटा दाबी बराबरको ३७ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक)अन्तर्गत दुईवटा बीमाको २७ लाख ५० हजार रुपौँ र विविधि बीमा अन्तर्गत दुईवटा बीमाको १० लाख एक हजार रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.