शुक्रबार, असार २०,२०८२ 12:49:03
  • शुक्रबार, असार २०,२०८२ 12:49:03
Global IME Bank Limited

छोराको भाषण सुनेर धरधरी रोए मुकेश अम्बानी,सामाजिक सञ्जालमा विवाहको चर्चा

Hyundai Nepal
छोराको भाषण सुनेर धरधरी रोए मुकेश अम्बानी,सामाजिक सञ्जालमा विवाहको चर्चा
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एशियाको शीर्ष धनाढ्य मुकेश अम्बानी कान्छा छोरा अनन्त अम्बानीको भाषण सुनेर भावुक हुँदै रोएको दृश्य भाईरल भईरहेको छ ।  

आफ्नो प्रि–वेडिङ समारोहमा अनन्त अम्बानीले दिएको भाषण सुनेर मुकेश अम्बानी भावुक बनेका थिए । भिडियोमा अम्बानी कान्छा छोराको भाषण सुनेर भावुक हुँदै ताली बजाएको देख्न सकिन्छ ।  

अनन्तले यसक्रममा आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याका बारेमा खुलेर बोलेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अनन्त अम्बानीले उक्त अवसरमा आफ्नो जीवन सम्पूर्ण रुपमा गुलावको ओछ्यान जस्तो नभएको बताउँदै यसो भनेका थिए,‘मैले बाल्यवस्थादेखि नै गम्भिर स्वास्थ्य समस्याको सामना गर्दै आएको छु । तर जब म यी समस्यासँग जुधिरहेको थिए तब मेरा आमाबुवाले मलाई बिरामी भएको र रोगसँग संघर्ष गरिरहेको आभाश हुन नै दिनु भएन । उहाँहरु सधै मेरो पक्षमा उभिरहनु भयो र मलाई चाडै निको हुने विश्वास दिलाउँनु भयो ।’

उनले त्यो विषम परिस्थितीमा साथ–सहयोगका लागि आफ्ना आमाबुवाप्रति कृतज्ञता प्रकट गर्दै उनीहरु आफ्ना लागि सबथोक भएको बताएका थिए ।  

छोराको यस्तो बचन सुनेर मुकेश अम्बानीले आशु थाम्न सकेनन् ।  

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह समारोह आगामी जुलाई १२ मा आयोजना हुन लागेको छ । तर विवाह अघिको प्रि–वेडिङ समारोहले विश्वको ध्यान तानेको छ । उक्त समारोहमा सहभागी भएका विश्वभरका चर्चित कलाकार,धनाढ्य,राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरुको जमघटले यतिबेला चर्चा बटुलिरहेको छ । –एजेन्सी  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.