शनिबार, असार २१,२०८२ 07:56:52
  • शनिबार, असार २१,२०८२ 07:56:52
Global IME Bank Limited

एनएमबी बैंकका सीईओ घिमिरेद्वारा पदभार ग्रहण

Hyundai Nepal
एनएमबी बैंकका सीईओ घिमिरेद्वारा पदभार ग्रहण
Nabil Bank Limited

काठमाण्डौ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले आजदेखि पदभार ग्रहण गरेका छन् । बैंकको गत फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई वैशाख १० गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।  

बैंकका तत्कालिन सीईओ सुनिल केसीको कार्यकाल वैशाख ९ गते समाप्त भएसँगै घिमिरेले सीईओ पदको जिम्मेवारी सम्हालेका हुन् । सुनिल केसी दुई कार्यकाल बैंकको सीईओको रुपमा कार्यरत थिए । घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

घिमिरेको कार्यकाल ४ वर्षको हुनेछ । घिमिरे सन् २००९ देखि नै बैंकमा कार्यरत छन् । उनले १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । यसका साथै उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानूनमा स्नातक गरेका छन् ।

बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारीमा सुदेश उपाध्याय कार्यरत छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.