काठमाण्डौ । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको भन्सार विधेयक प्रतिनिधिसभा बैठकलले पारित गरेको हो। ्
यो विधेयकलाई तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गराएका थिए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा २०८० चैत १८ मा दफावार छलफलका लागि लगिएको थियो। यो विधेयक अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ मा प्रतिनिधिसभामा लगिएको थियो।
प्रतिनिधिसभाबाट पारित भएसँगै यो विधेयक राष्ट्रिय सभामा लगिनेछ। राष्ट्रिय सभाबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभाबाट प्रमाणीकरण लागि राष्ट्रपति कार्यालय पठाइनेछ ।
राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन बन्ने कानुनी प्रावधान रहेको छ ।