काठमाण्डौ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको सेयर ‘ओएमपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको ६० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको १८ लाख कित्ता र कम्पनीका संस्थापक संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त सेयर आइतबारदेखि नै कारोबारमा आउनेछ । कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ ।