काठमाण्डौ । आम्दानी बढेसँगै सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेड घाटाबाट उम्किएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ४३ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ५५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ५३ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी २२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५५ करोड ८० लाख रहेको कुल खर्च घटेर ४० करोड ८४ लाखमा सीमित बनेको छ ।
सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीको सञ्चित नाफा ९५ लाख १७ रुपैयाँ रहेको छ । १३ करोड २ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ४७ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.९९ रुपैयाँ, तरलता अनुपात २७.२७ गुणा मूल्य आम्दानी अनुपात ५३.२८ गुणा र रिटर्न अन इक्विटी ४.२५ प्रतिशत रहेको छ ।