काठमाण्डौ । भारत सरकारले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दुर’ सुरु गरेको छ । भारत सरकारले एक विज्ञप्ती जारी गर्दै यस अपरेशनमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ ।
यही स्थानबाठ भारतमा आतंकवादी हमलाको योजना बनाईएको भारतले जनाएको छ । विज्ञप्तिमा कुल नौवटा लक्ष्यलाई लक्षित गरिएको उल्लेख छ । अर्कोतर्फ, पाकिस्तानको सरकारी टिभीले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय सेनाले पाकिस्तानमा तीन ठाउँमा मिसाइल आक्रमण गरेको जनाएको छ।
पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बताएको छ । अर्कोतर्फ पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई हमलामा मस्जिदलगायत धेरै ठाउँलाई निशाना बनाएको बताएका छन् ।
शाहबाज शरीफले भने, ‘पाकिस्तानसँग यस अप्रत्याशित भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ। सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकजुट छ। हाम्रो मनोबल र संकल्प अटल छ। हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ।’
यस्तै पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारणलाई निशाना बनाएको दाबी गरेका छन् ।