काठमाण्डौ । पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको जनाएको हो।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन्।
शरीफ चौधरीले आक्रमणमा मस्जिदलगायत धेरै ठाउँलाई निशाना बनाइएको बताए । भारतको आक्रमणलाई लिएर पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफको प्रतिक्रिया आएको छ । उनले पाकिस्तानलाई यसको जवाफ दिने अधिकार भएको बताएका छन् ।