काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावरको कुल १ करोड ७ लाख ५१ हजार ४५३ कित्तामध्ये ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।