काठमाण्डौ । पाकिस्तानी सेनाले भारतले गरेको हमलाको जवाफमा पाँच भारतीय जेट विमान खसालेको दाबी गरेको छ । भारतले बिहान १ बजेदेखि भारतीय हवाई हमला गरेसँगै पाकिस्तान र भारतबीच सैन्य मुठभेड सुरु भएको हो । जस क्रममा पाकिस्तानले भारतको पाँच वटा जेट विमान खसालेको जनाएको छ ।
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारारले बिहान २ः४५ बजेतिर दुई भारतीय जेट विमान खसालेको पुष्टि गरेका छन् । त्यसको एक घण्टापश्चात पाकिस्तानले भारतको तेस्रो विमान, राफेल पनि खसालेको बताएका छन् । तरार र रक्षामन्त्री ख्वाजा आसिफले बिहान ५ बजेपछि चौथो र पाँचौँ भारतीय विमान खसालेको पुष्टि गरेका थिए ।
बिहान ७ बजे सूचना मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै तारारले भारतले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको र ‘हार स्वीकार गरेको’ दाबी गरे ।
तरारले सीमापार भारतीय सेनाका धेरै चौकीहरू सशस्त्र बलले ध्वस्त पारेको बताए। उनले पाकिस्तानले पहलगाम आक्रमणको छानबिन गर्न आह्वान गरेको तर भारतले कुनै सोचविचार नगरी आक्रमण गरेको बताए । ‘उनीहरूले निर्दोष मजदुर र नागरिकहरूलाई लक्षित गर्नु उनीहरूका लागि लज्जास्पद कुरा हो,’ उनले थपे।