काठमाण्डौ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई खेदजनक भनेको छ। भारत र पाकिस्तानबीच बढ्दो तनावबारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति आफूहरू ‘चिन्तित’ रहेको बताए ।
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्। उनीहरू चीनका छिमेकी पनि हुन्। चीनले सबै प्रकारका आतंकवादको विरोध गर्छ।’
मन्त्रालयका प्रवक्ताले दुबै देशहरूलाई शान्त रहन, संयम अपनाउन र स्थितिलाई थप जटिल बनाउन सक्ने कार्यहरू नगर्न अपील गरे।