काठमाण्डौ । पाकिस्तानको चरमपन्थी संगठन जैश–ए–मोहम्मदले पाकिस्तानमा भारतको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएको छ।
यस सम्बन्धमा बुधबार जैश–ए–मोहम्मद (जेईएम)ले एक बयान जारी गरेको थियो। विज्ञप्तिमा मृतकहरूमा मसूद अजहरकी जेठी बहिनी र जेठाजु, भतिजा, भतिजाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चाहरू रहेको जनाइएको छ ।
जैश–ए–मोहम्मदले पनि मसूद अजहरका तीन नजिकका सहयोगी र उनीहरूमध्ये एककी आमा हमलामा मारिएको बताएको छ।
पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । फेब्रुअरी २०१९ मा, जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिकहरू मारिएका थिए।
पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारीमा १० भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ ।