काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानलाई ततकाल लडाइँ बन्द गर्न आह्वान गरेका छन् । ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आह्वान गरेका हुन् ।
उनले आणविक हतियारधारी भारत र पाकिस्तानबीच दुई दशकमा भएको सबैभन्दा खराब हिंसा अन्त्य गर्न मद्दत गर्ने प्रस्ताव समेत राखेको एएफपीले जनाएको छ । ‘यो धेरै भयानक छ, ट्रम्पले ह्वाइट हाउसमा भने ‘म दुबै देशको साथमा छु र दुबै देशलाई राम्ररी चिन्छु । म भारत र पाकिस्तबीच युद्ध अन्त्य भएको हेर्न चाहन्छु।’
ट्रम्पले दुबै देशसँग अमेरिकाको राम्रो सम्बन्ध भएको र जतिसक्दो चाडो विवाद अन्त्य हुनुपर्ने बताए ।