बिहीबार, बैशाख २५,२०८२ 05:20:58
IME remit
  • बिहीबार, बैशाख २५,२०८२ 05:20:58
IME remit
Global IME Bank Limited

बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन दुई कम्पनीको आवेदन, कतिपय अव्यवहारिक नियम संसोधनको माग

Hyundai Nepal
बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन दुई कम्पनीको आवेदन, कतिपय अव्यवहारिक नियम संसोधनको माग
Nabil Bank Limited

काठमाण्डौ । विवादमा रहेको बुक बिल्डिङ बिधिबाट पुनः सेयर निस्कासनका लागि केही कम्पनीहरु सक्रिय देखिएका छन् । नेप्सेस्थित स्रोतका अनुसार राजेश मेटल र हुलास फिनसर्भलले बुक बिल्डिङ बिधिबाट आईपिओ निष्कासन गर्न अनुमति मागेका छन् । तर पछिल्लोपटक रिलायन्स स्पिनिङ मिल्सले उच्च मूल्यमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासनको प्रयास गरेपछि लगानीकर्ताहरुले तीव्र रुपमा विरोध गरेका कारण धितोपत्र बोर्डले रोकको थियो । यो बिषय अदालतदेखि संसदको लेखा समितिसम्म पुगेको थियो ।  

बुक बिल्डिङ विधि बिश्वमा उत्कृष्ट रहेता पनि नेपालमा अन्तराष्ट्रिय बुक बिल्डिङ बिधि भन्दा फरक तरिकाले आईपीओ निष्कासन गर्न लागिएको लगानीकर्ताहरुले  आरोप लगाउँदै आएका छन् । खासगरी नेपाल जस्तो सानो बजारमा योग्य संस्थागत लगानीकर्ता नै कम भएका अवस्थामा संस्थागत लगानीकर्ताहरुलाई मात्रै बिडिङ गर्न दिने नियम अव्यवहारिक भएको जानकारहरुको मत रहेको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बुक बिल्डिङ बिधिबाट मूल्य कोट गर्न कम्तीमा पनि एक हजार भन्दा बढी संस्थागत लगानीकर्ता भएमा मात्रै पारदर्शी हुने लगानीकर्ता टेकेन्द्र थपलिया बताउँछन् । उनका अनुसार अन्तराष्ट्रिय प्रचलनमा छिमेकि मुलुक भारतमा पनि हजारभन्दा बढी संस्थागत लगानीकर्ता रहँदा पनि १५ प्रतिशत सेयर सर्वसाधारणलाई पनि मूल्य कोट गर्न दिने ब्यबस्था छ । तर नेपालमा भने सबै संस्थागत लगानीकर्ताले मात्रै मूल्य कोट गर्ने र कटअफ मूल्यमा १० प्रतिशतले घटाएर सर्वसाधारणलाई सेयर निस्कासन गर्ने नियम रहेको छ । ‘यसो गर्दा हाम्रो जस्तो थोरै संस्थागत लगानीकर्ता भएको मुलुकमा पहिले नै मूल्य कार्टेलिङको सम्भावना हुन्छ’ थपलियाले भने ।  

Muktinath Bikas Bank Limited

यसमा पनि इस्यू म्यानेजर र उसका भगिनि कम्पनीहरुले नै मूल्य कोट गर्न पाउने भएपछि बुक बिल्डिङ बिधि पारादर्शी नहुने लगानीकर्ताहरुको अडान रहेको छ ।  

यसै बिषयमा केही समय पहिले धितेपात्र बोर्डले बोर्डका नियमन बिभाग प्रमुख मुक्ति श्रेष्ठको संयोजकत्वमा एक अध्ययन समित बनाएको छ । तर त्यो समितिले हालसम्म कुनै पनि प्रतिबेदन पेश गरेको छैन ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.