काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकमा गभर्नर नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । यसका साथै भारत–पाकिस्तान तनाव, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।