काठमाण्डौ । पाकिस्तानको चारवटा विमानस्थालमा हवाई उडान सेवा बन्द गरिएको छ । पाकिस्तानको उड्ययन प्राधिकरणले बिहीबार बिहान चारवटा एयरपोर्टका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको बताएको छ।
पाकिस्तानी विमानस्थल प्राधिकरणका अनुसार इस्लामावाद, कराँची, लाहोर र सियालकोटका विमानस्थलमा केही समयका लागि उडान बन्द गरिएको छ। भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गरेको एक दिनपछि यो कदम चालिएको हो।
बुधबार, पाकिस्तानले आक्रमण पछि धेरै एयरपोर्टहरू बन्द गरेको रिपोर्ट आएको थियो, तर पाकिस्तानको विमानस्थल नियामकले पाकिस्तानको हवाई क्षेत्र खुला र सुरक्षित रहेकाले खुला रहने जनाएको थियो ।