काठमाण्डौ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच भारत र पाकिस्तानको सेयर बजार बिहीबार गिरावट आएको छ । आज यी दुवै देशको सेयर बजार गिरावटका साथ बन्द भएका छन् ।
भारतको प्रमुख स्टक एक्सचेन्ज सूचकांक सेन्सेक्स र निफ्टी लगभग आधा प्रतिशतले घट्यो। यस्तै उता पाकिस्तानमा, कराची स्टक एक्सचेन्जमा लगानीकर्ताहरू त्रसित भएसँगै बिक्री दबाब देखिएको छ ।
पाकिस्तानको सेयर बजारमा कारोबार सत्रमा सेयर तीव्र गिरावटका कारण कारोबार रोकिएको थियो । पाकिस्तानको सेयर बजार मापक इनडेक्स केएसई १०० इन्ट्रा डेमा ६ प्रतिशत भन्दा बढी घट्यो।
यस्तै अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ एक प्रतिशतभन्दा बढी ओरालो लागेको छ । यसले मुद्रा बजारमा पनि तनाव प्रष्ट देखिएको छ भने पाकिस्तानी रुपैयाँ पनि घटेको छ ।
बिहीबार दुवै देशले एकअर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएपछि लगानीकर्तामा चासो बढेको छ । बुधबार भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई हमला गरेको बताएको थियो ।