काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजले मे ७ मा ‘अपरेसन सिन्दूर’ को लागी दायर गरेको ट्रेडमार्क आवेदन फिर्ता लिएको छ। यो आवेदन दफा ४१ अन्तर्गत दर्ता गरिएको थियो ।
अर्थात् ट्रेडमार्क पाएपछि रिलायन्सले मात्र मनोरञ्जन र सांस्कृतिक गतिविधिका लागि यो शब्द प्रयोग गर्न सक्नेछ । रिलायन्सले विज्ञप्ती जारी गर्दै भन्यो, ‘हाम्रो अपरेशन सिन्दूरलाई ट्रेडमार्क गर्ने कुनै इरादा छैन, जुन शब्द अब भारतीय वीरताको प्रतीकको रूपमा राष्ट्रिय चेतनाको हिस्सा बनेको छ।’
रिलायन्स इन्डस्ट्रिजको एक एकाइ जियो स्टुडियोजले आफ्नो ट्रेडमार्क आवेदन फिर्ता लिएको छ । यो आवेदन अनजानमा एक तल्लो तहमा काम गर्ने कर्मचारीले बिना अनुमति दायर गरेको जनाइएको छ ।
भारतले पाकिस्तानका ७ सहरमा रहेका ९ आतङ्कवादी ठेगानामा हवाई हमला गरेको दिन यो आवेदन पेश गरिएको थियो । यो हमलालाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।