काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा भएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।