काठमाण्डौ । सेयर बजार ९ महिनामा ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको नौ महिनाको प्रतिवेदनअनुसार यस्तो देखिएको हो ।
२०८० चैत मसान्तमा २०२५.७१ रहेको नेप्से सूचकाङ्क २०८१ चैत मसान्तमा २६६२.०८ कायम भएको छ । २०८१ चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.४४२५ अर्ब ४० करोड कायम भएको छ । २०८० चैत मसान्तमा बजार पुँजीकरण रु.३२१२ अर्ब १ करोड रहेको थियो ।
यो भनेको १२ खर्ब १३ अर्बले लगानीकर्ताहरुको सम्पति बढेको छ । २०८१ चैत मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।